कञ्चनपुरमा करेन्ट लागेर एक वृद्धको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। बेदकोट नगरपालिका-१० चतहरी बस्ने ६० वर्षीय पदम सार्कीको करेन्ट लागेर मृत्यु भएको हो।

शनिवार आफ्नै घरमा चालु अवस्थामा रहेको टेबुल पंखा उठाउने क्रममा करेन्ट लागेर सार्की घाईते भएका थिए।

nisarga

उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।