गोदावरीले यी स्वास्थ्य  केन्द्रहरुमा अल्ट्रासाउण्ड र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले विभिन्न स्थानमा निशुल्क अल्ट्रासाउण्ड सेवा र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीका अनुसार गर्भवती महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन निशुल्क अल्ट्रासाउण्ड सुविधा उपलब्ध गराउने र साथै महिलाहरूमा बढ्दो जोखिम रहेको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

nisarga

साउन २६ (आज देखि) ३० गतेसम्म नगर भित्रका चार वटा आधारभूत स्वास्थ्य  केन्द्रमार्फत सेवा सञ्चालन हुन लागेको अवस्थीले बताएका छन् ।

स्वास्थ्य शाखाले निर्धारण गरेको तालिकाअनुसार सेवाहरू निम्न स्थान र मितिमा सञ्चालन हुनेछन्:

२०८२।०४।२६ गते – अत्तरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र

२०८२।०४।२७ गते – स्याउले आधारभूत स्वास्थ्य सेवा केन्द्र

२०८२।०४।२८ गते – गेटा आधारभूत स्वास्थ्य सेवा केन्द्र

२०८२।०४।३० गते – बुढीतोला आधारभूत स्वास्थ्य सेवा केन्द्र