
अत्तरिया – हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका अन्तर्राष्ट्रिय दबाब बढाउन उनका आमा पदमा र बहिनी पुष्पा सोमबार इजरायल गएका छन्। बिहान ९ बजेको फ्लाइ दुबईको फ्लाइट मार्फत उनीहरु इजरायल गएका हुन्।
इजरायल सरकारले प्यालेस्टिनी आतंकवादी लडाकू समूह हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाएको हो ।

उनीहरुलाई इजरायलले संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारी गरेको छ । राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारले योजना बनाएको छ ।
हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ ।















