युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिएका छन ।

अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

nisarga

नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरुलाई रुपान्तरणको सद्भाव र परिवर्तनको सम्भाग भएको संज्ञा दिए।

युवा वर्गलाई प्रदेशमै रोजगारी दिनका निमित्त प्रदेश सरकारले युवा जनशक्तिलाई नवप्रवर्तन, स्टार्टअपका साथै सीप रोजगारी कार्यक्रम ल्याएको चर्चा गरे ।

साथै उनले युवा वर्गलाई लागू औषतको सम्बन्धि जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गरेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री शाहले टिकापुरका अरुण लोहारलाई एक लाख आर्थिक सहयोग तथा वृद्धि विकासमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताए। लोहारले देशका विभिन्न स्थानहरुमा निःशुल्क खगोल विज्ञान सम्बन्धि क्रियाकलाप गर्दै आएका छन ।