कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

Image
maya metro

अत्तरिया – कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुदूरपश्चिम प्रदेश ०१–००१–ख ३५८३ नम्बरको बसले मङ्गलवार बिहान साइकल र मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

मृत्युु हुुनेमा साइकल यात्री टीकापुर नगरपालिका–६ मिलनपुरका ४५ वर्षीय अट्वारी चौधरी रहेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविनराजा बुढाथोकीले बताए ।

nisarga

दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का वर्ष २५ का राजु चौधरी घाईते भएका छन ।

घाइते चौधरीलाई उपचारका लागी नेपालगञ्ज पठाइएको छ । बस चालक कैलालीको गोेदावरी नगरपालिका–८ का हरिकेशी लम्साललाइ प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।