स्वास्थ्य मन्त्रीले गेटा अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम स्थगित

Image
maya metro

अत्तरिया – नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा सञ्चालनमा आएको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहानैदेखि विरोध जनाएपछि उक्त कार्यक्रम स्थगित भएको हो । समितिले आज विश्वविद्यालय परिसरमा भेला भएर विरोध जनाएको हो ।

nisarga

मन्त्री पौडेल डोटी र डडेल्धुरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आउने क्रममा दिउँसो गेटा अस्पताल पुगेर इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

सम्बन्धित समाचार :

गेटा अस्पतालमा स्वास्थ्य मन्त्री पौडेलले इमर्जेन्सी सेवाको उद्घाटन गर्ने भएपछि संघर्ष समितिको विरोध