
अत्तरिया – जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित स्याउलेका स्थानीय युवाहरुले स्वस्फूर्तरुपमा स्याउले चोकमा सोमबार दीप प्रज्वलन गरेका हुन् ।

सोमबार जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको सङ्ख्या १९ पुगेको हो ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।















