
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले जेनजीको प्रदर्शनमा भएको आगलागीबाट बचेका सामानहरू पनि हराइरहेको बताएको छ ।
आज एक अपिल जारी गर्दै नगरपालिकाले आगलागीबाट बचेका सामानहरू पनि हराइरहेको हुँदा कसैसँग भए सुरक्षित साथ नगरपालिकामा ल्याएर बुझाइदिन आग्रह गरेको हो ।

केही मेसीनरी,कागजात र अन्य सामग्रीहरू बचेको तर अहिले नगरपालिकामा नभेटिएकोले ती सामग्रीहरू भए सेवा सञ्चालनमा थोरै भए पनि सहयोग पुग्ने नगरपालिकाले बताएको छ ।
सेवा प्रवाहमा आवश्यक सहयोग गरिदिन पनि नगरपालिकाले नगर बासीसँग अनुरोध गरेको छ ।
















