कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा १९४० मत खस्यो

Image
maya metro

धनगढी – कैलाली उद्योग वाणिज्य संघको चुनावमा एक हजार ९४० मत खसेको छ। शनिवार भएको मतदानमा कुल मतदाताको ८३ प्रतिशत मत खसेको हो।

उद्योग वाणिज्य संघको चुनावका लागि दुई हजार ३३५ जनाको नाम मतदाता नामावलीमा समावेश थियो।

nisarga

शनिवार बिहान १० बजे सुरू भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो। मतदानको सम्पूर्ण प्रक्रिया सकेर आजै रातिबाट मतगणना हुने प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले बताएका छन्।