धनगढीमा आजदेखि पुनः शनीवारिय महिला उद्यम मेला सुरु हुँदै

Image
maya metro

अत्तरिया – धनगढीमा आजदेखि पुनः शनीवारिय महिला उद्यम मेला सुरु हुँदै छ। धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा हरेक शनीवार लाग्ने गरेको महिला उद्यम मेला कात्तिक १५ गते आजदेखि पुनः सुरु हुने भएको हो ।

मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्री र खानपानलाई उपभोग गरेर प्रोत्साहित गर्न नगर प्रमुख गोपाल हमालले सबैमा आग्रह गरेका छन्।

nisarga

महिलालाई उद्यमतिर अग्रसर गराउने उद्देश्यका साथ गत वर्षदेखि उपमहानगरले हरेक शनिबार महिला महिला उद्यम मेला सुरु गरेको थियो। तर मौषका कारण खुला स्थानमा लाग्ने उक्त उद्यम मेला गत चैत्र देखि रोकिएको थियो।

वर्षा याममा मौसम बदली, हावाहुरी लाग्ने र वर्षात हुने भएकोले बिचमा केही महिना रोकिएको र भोली देखि आउँदो चैत सम्म मेला पुनः सुरु हुन लागेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए।

धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड अगाडि जेनजी मार्गमा शनिबार दिउँसो २ बजेदेखि मेला सुरु हुने नगरप्रमुख हमालले जानकारी दिएका छन्।

मेलाका लागि स्टल, टेन्ट, टेबुल, मोबाइल शौचालय लगायतको व्यवस्थापन सहित धनगढी उपमहानगरपालिकाले निःशुल्क रुपमा स्टल उपलब्ध गराउने गर्दछ।