कैलालीको तेघरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको तेघरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

बुधबार (आज) बिहान गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित तेघरी ब्यारेक नजिक दिपायलबाट धनगढी आउँदै गरेको ना५ख ५२५ नम्बरको बसले स्थानीय अन्दाजी ८२ वर्षीय दिलमाया शिरिषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

nisarga

ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।