धनगढी खुटिया सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको धनगढी खुटिया सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

धनगढी खुटिया सडकखण्ड अन्तरगत गोदावरी- ८ स्याउले बजार नजिक बिहिबार दिउँसो सुप प्र ०१ ०१३ प ०३११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा चालक गौरीगंगा १ चौमालाका अन्दाजी ३५ वर्षीय ठक्कर चन्दको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

nisarga

दुर्घटनामा गम्भीर घाइते भएका चन्दको निर्सग अस्पतालमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।