एकता प्रगतिशिल सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका- ८ जमुनानगरमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको सभा अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव जोशी प्रमुख अतिथि रहेका थिए ।

साधारण सभाको विशिष्ठ अतिथिमा नेपाल बचत तथा ऋण सहकारी संघकी सञ्चालक दिप्ती शाही, गोदावरी नगरपालिका वडा नम्बर ७ की अध्यक्ष कलावती साउँद रहेका थिए । साधारण सभामा आफ्नो भनाई राख्दै प्रमुख अतिथि जोशीले सहकारीको वित्तिय विवरण उत्कृष्ट देखिएको बताए । उनले सञ्चालक समितिमाथि शेयर सदस्यले संधै निगरानी गर्नुपर्ने बताए । सहकारी संस्थाले वित्तियसंगै सामाजिक विकास र क्षमता वृद्धी समेत गरिरहेको उनले बताए ।

nisarga

राष्ट्रिय सहकारी महासंघका तर्फबाट एकता प्रगतिशिलाई गर्न सकिने हरेक सहयोगका लागि आफू संधै तयार रहेको जोशीले बताए । नेपाल बचत तथा ऋण सहकारी संघकी सञ्चालक शाहीले संस्थाप्रति निगरानी गर्नु हरेक शेयर सदस्यको दायित्व भएको बताइन् । उनले एकता प्रगतीशिल सहकारीले जनताका समस्या समाधानमा ठुलो सहयोग गरेको बताईन् । एकता प्रगतशिलि सहकारी यस क्षेत्रमा नमूनाका रुपमा स्थानपीत भएको उनले बताइन् ।

एकता प्रगतीशिल सहकारीले समाजमा भिजेर, सदस्य केन्द्रित भएर काम गरिरहेको भन्दै उनले सहकारीका मूल्य मान्यताहरु आत्मसाथ गर्दै आफ्ना क्रियाकलाप अगाडि बढाएको पाइएको बताइन् । संस्थाका अध्यक्ष बोगटीले उनले शेयर सदस्य र सहकारी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताईन् । उनले सहकारीहरुको मेरुदण्ड शेयर सदस्य भएकोले एक आपसमा मिलेर जाँदा भने दुवैलाई फाइदा हुने भन्दै सदस्यले सञ्चालकलाई प्रश्न गर्नुपर्ने बताए ।

त्यस्तै वडा नम्बर- ७ की अध्यक्ष साउँदले सहकारीले स्थानीयहरुलाई आर्थीक रुपमा मात्रै नभई सामाजिक तथा व्यत्तिगत रुपमा समेत सम्वृद्ध बनाएको बताईन् । पछील्लो समय सहकारीबाटै धेरै महिलाहरुले सीपमूलक तालिम हासिल गरी जीवनस्तरमा सुधार ल्याएको उनले बताईन् । न्यून ब्याजदरमा बिना धितो ऋण प्रदान गरी सहकारीले व्यवसाय गर्नेहरुलाई समेत सजीलो गराएको उनको भनाई थियो । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सहकारीका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले प्रस्तुत गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०८०-८१ मसान्तसम्म १४ करोड ७३ लाख ११ हजार ४०० रुपिँया बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कारोबारबाट संस्थाले १० लाख ७ हजार रुपिँया खुद नाफा आर्जन गर्न सफल भएको छ । यस्तै प्रतिवेदन अनुसार संस्थाले आ व २०८०/८१ को असार मसान्तसम्म संस्थाले १ करोड २८ लाख ७० हजार ३०० शेयर पुँजी पुगेको छ ।

निक्षेप तर्फ ११ करोड ४८ लाख ८३ हजार ७४ रुपिँया रहेको छ भने साथै सहकारीको जगेडा तर्फ ४६ लाख ३१ हजार ७४९ साथै सहकारीको जगेडा तर्फ ४३लाख ७३ हजार रुपैयाँ रहेको छ । संस्थामा हालसम्म ३ हजार ४८१ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले साधारण सभाको अवसर पारेर संस्थामा आवद्ध सदस्यहरु मध्ये उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट समुह,ज्येष्ठ नागरिक लगायत विभीन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई पुरस्कृत संगै सम्मानित गरेको थियो ।