कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

Image
फाइल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरमा पौने ७ लाखको अवैध सामान बरामद गरिएको छ।

जिल्लाका विभिन्न स्थानहरूको भित्री सडकखण्डबाट भारतबाट भन्सार छलि गरी ल्याइएको ६ लाख ७५ हजार चार सय ७६ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

nisarga

भिमदत्त नगरपालिका–२ भासी, वडा–५ शान्तिनिकेतन नजिक, वडा–१० जिमुवा, सुकासाल र बेलडाँडी गाउँपालिका–३ बैबाहा आसपासका क्षेत्रबाट ती सामान बरामद गरिएको हो।