
अत्तरिया – किशोरी बलात्कार आरोपमा पक्राउ परेका कैलालीको गोदावरी–८ का ४२ वर्षीय टेक बहादुर साउँदलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक अदालतले म्याद थप गरेको छ ।
उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताएका छन् ।

सम्बन्धित समाचार : बलात्कार आरोपी साउँदमाथि अनुसन्धान गर्न म्याद थप
गोदावरी- ८ को स्याउलेमा होटल सञ्चालन गर्दै आएका साउँदमाथि किशोरी बलात्कारको उजुरी प्रहरीमा दर्ता छ ।
पुस १५ गते आफूमाथि बलात्कार गरेको भन्दै किशोरीले उजुरी दर्ता गरेपछि पुस १९ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।














