
अत्तरिया – रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले जानकारी दिए ।
नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तर्दथ समितिका सभापति थिए ।
सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आजै दिउँसो २ बजेपछि हुनेछ ।
रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो ।















