
अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ।
गोदावरी २ वनखेतस्थित संस्थाको भवनमा बिहान ८ बजे देखि ५ बजे सम्म मतदानको समय तोकिएको छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिका संयोजक देवराज भट्टले बताएका छन् ।

अत्तरिया उद्योग वाणिज्य संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध छन् । गत जेठ २३ गते बसेको व्यवसायीक भेलाले संघको साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि असार २७ र २८ गते कार्यक्रम तय गरेको थियो ।
निर्वाचनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको समयसीमा तोकिएको थियो । संघको ११ जनाको कार्यसमितिका लागि ४३ जना चुनावी मैदानमा उत्रिएका छन् ।
जसमा अध्यक्षका लागि कमल कडायत, रमेश भट्टराई, नैन सिंह कार्कीले प्यानल सहित उम्मेदवारी गर्दा गराएका छन् । त्यस्तै भिस्मा खड्काले वरिष्ठ उपाध्यक्ष सहित प्यानल दर्ता गराएकी छिन ।















