बढी मुद्दा फर्स्याेट गर्नेमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश भण्डारी देशभरिमै पहिलो

Image
maya metro

कञ्चनपुर – गत आर्थिक वर्षमा मुद्दा फर्स्योट गर्नेमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारी देशभरिमा पहिलो भएका छन्। ०८२/०८३ मा मुद्दा फर्स्योट गर्नेमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश भण्डारी देशभरिका जिल्ला न्यायाधीश भण्डारी पहिलो भएका हुन् ।

७७ जिल्लामध्ये १२ जिल्ला अदालत न्यायाधीशले सबैभन्दा बढी मुद्दा फर्स्योट गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतको तथ्यांकअनुसार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीशको इजलासले हजारभन्दा बढी मुद्दा फर्स्योट गरेर पहिलो भएका छन् ।

nisarga

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारी नेतृत्वमा एक वर्षको अवधिमा देवानी तथा फौजदारी गरेर एक हजार ११ मुद्दा फर्स्योट गरेर पहिलो भएका हुन् ।

पछिल्ला दुई वर्षदेखि कञ्चनपुर जिल्ला अदालत न्यायाधीश राजेन्द्रसिंह भण्डारीको नेतृत्वमा रहेको छ । गत २१ फागुन ०८२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर मुख्य निर्वाचनको अधिकृतको जिम्मेवारीसमेत सम्हालेका न्यायाधीश भण्डारीले राज्यले दिएका जिम्मेवारी कुशलताूर्वक निर्वाह गरेका छन्।

न्यायपरिषदले कञ्चनपुर जिल्ला न्यायाधीश भण्डारीलाई चालू आर्थिक वर्षदेखि काठमाडौं जिल्ला अदालतमा सरुवा गरेको छ। ९८४ मुद्दा फर्स्योट गरेर पर्सा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरे दोस्रो भएका छन्। ९७९ मुद्दा फर्स्योट गरेर पाल्पा जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा तेस्रो भएका छन्। धनुषाका न्यायाधीश कपिलमणि गौतम र गोरखाका न्यायाधीश विष्णुप्रसाद गौतमले ८७९ मुद्दा फर्स्योट गरेका छन् ।

इलामका न्यायाधीश रोशन गजुरेलले ८२९, रौतहतका न्यायाधीश मनोज केसीले ८२७, मोरङका न्यायाधीश दुर्गाबहादुर भुसालले ८२१, धनुषाका न्यायाधीश मनोजकुमार श्रीवास्तवले ८१८, कैलालीका न्यायाधीश भुवनसिंह थापाले ८१५, रौतहटका न्यायाधीश पुण्यप्रसाद सापकोटाले ८०६ र सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीले ८०२ मुद्दा फर्स्योट गरेका छन् ।

यसैगरी, देशभरका उच्च अदालतमध्ये टेकनारायण कुँवर मुख्य न्यायाधीश रहेको उच्च अदालत जनकपुर विशेष अदालत एक हजार ४२१ मुद्दा फर्स्योट गरेर पहिलो भएको छ।उच्च अदालत जनकपुर पाटनका न्यायाधीश टीकाराम आचार्यले एक हजार २२९, अस्थायी इजलास वीरगन्ज बुटवल इजलासका न्यायाधीश जगतबहादुर थापाले एक हजार १६९, उच्च अदातल पाटन तुलसीपुरका न्यायाधीश सोमकान्त मैनालीले एक हजार ५९, उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश नरिश्वर भण्डारीले एक हजार दुई, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश जगदीश घिमिरेले ९८२, उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश गोकर्ण डाँगीले ९५३, उच्च अदालत जनकपुरका न्यायाधीश राजुराम सिलवालले ९४० र उच्च अदालत जनकपुर पाटनका न्यायाधीश कैलाशप्रसाद सुवेदीले ९३३ मुद्दा फर्स्योट गरेका छन् ।