
अत्तरिया – कैलालीको अत्तरियामा सद्भावना र्याली निकालिएको छ ।
गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानले सद्भावना र्याली निकालेको हो ।

र्यालीमा गोदावरी ज्येष्ठ नागरिक समाज, अत्तरिया बजार व्यवस्थापन समिती, गोदावरी स्काउट, अत्तरिया पतन्जली योग समिती, मानव धर्म सेवा समिति, गोदावरी प्याब्सन, एन प्याब्सन, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय र बौद्ध समाजको सहभागिता रहेको थियो ।
त्यस्तै मुस्लिम समाज, इसाई समाज, सन्त निरंकारी मन्डल, छठ पर्व समिति, थारु समाज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले र्यालीमा सहभागिता जनाएका थिए ।
र्याली समापनपछि भेला हुँदै उनीहरुले सामूहिक दीप प्रज्वलन गरेका थिए ।
जय गोदावरी अभियानका संयोजक अध्यक्ष धिरेन्द्र बोगटीले सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भावना र्यालीको आयोजना गरिएको बताएका छन् ।















