कञ्चनपुरमा ५५ हजार नगदसहित ८ जुवाडे पक्राउ

Image
फाईल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मदनचोकस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा नगद ५५ हजार ८० रुपैयाँसहित ८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बिहीबार साँझ देवु होटलमा छापा मारेर होटल सञ्चालक ४२ वर्षीय देवबहादुर चन्दसहित ८ जनालाई पक्राउ गरेको हो।

nisarga

प्रहरीले घटनास्थलबाट नगद ५५ हजार ८० रुपैयाँ र दुई गड्डी तास बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।