
अत्तरिया – धनगढी उपमहानगरपालिका–११ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
धान रोपाइँ गरेको डेढ महिना बितिसक्दा पनि रसायनिक मल नपाएको भन्दै किसानहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

शुक्रबार मल वितरण हुने जानकारी पाएपछि वडा कार्यालय मातहतका सहकारी संस्थामा पुगेका किसानले पर्याप्त मल नपाएपछि आक्रोशित हुँदै वडा कार्यालयमा ताला लगाएका हुन्।
मल वितरण हुने आशामा बिहानैदेखि सहकारीमा पुगेका किसानले आवश्यक मात्रामा मल उपलब्ध नभएको गुनासो गरेका छन्।
धान रोपाइँ सम्पन्न भएको लामो समय बितिसक्दा पनि खेतीका लागि आवश्यक मल नपाउँदा धानबाली प्रभावित हुने भन्दै किसानले वडा कार्यालय र सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका हुन्।














