धनगढीका चार जना कञ्चनपुरमा लागूऔषधसहित पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, चकमेली बजार नजिकै हुलाकी सडकखण्डबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ १ ग्राम ४१० मिलिग्राम तथा विभिन्न ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो।

nisarga

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ चौराह बस्ने ३० वर्षीय मनिष भट्ट, धनगढी उपमहानगरपालिका–३ बडरा बस्ने ३० वर्षीय हरिभन्ने हरिष खड्का र सोही क्षेत्रका ३० वर्षीय बिरेन्द्र चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट निट्रज्पाम-२, स्पास्मो-४ र निट्राजेपाम-२४ नामका ट्याब्लेटसमेत बरामद भएको छ।

यसैगरी, सोही स्थानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ ३६० मिलिग्रामसहित कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराह बस्ने २७ वर्षीय नरेन्द्रबहादुर विष्टलाई पनि पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।