गोदावरीमा अटो र मोटरसाइकल ठोक्किँदा घाइते सात जना घाइते, चारको अवस्था गम्भीर

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा अटो र माटरसाइकल आपसमा ठोक्दिा सात जना घाइते भएका छन् । मंगलबार राती गोदावरी नगरपालिका–४ को वनदेवी मन्दिर अगाडि सुपप्र०१००१ह८६३३ नम्बरको अटो र सुपप्र०१००९प९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

nisarga

दुर्घटनामा अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ बस्ने निरज रावत, पछाडी सवार गोदावरी–४ लालपुर बस्ने ४६ वर्षीय भरत बुढा, अटोमा सवार चुरे गाउँपालिका–५ खानीडाँडास्थित ससुराली घर आएका ३१ वर्षीय भीमबहादुर महतरा गम्भीर घाइते गम्भीर घाइते भएका छन् ।

यस्तै, चुरे गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राना, ३० वर्षीया श्रीमती मेनुका महतरा र उनका डेढ वर्षीय छोरा रिदम महतरा पनि घाइते भएका छन् । उनीहरुको धनगढीको निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।