
अत्तरिया – सुदुरपश्चिम प्रदेशमा सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७८ हुने भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि को आयोजनामा म्युजिक अवार्ड हुने भएको हो ।
सुदुरपश्चिममा पहिलो पटक सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७८ को आयोजना गर्न लागिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. का अध्यक्ष अनुप चन्द ठकुरीले जानकारी दिए । उनले अहिले सम्म सुदूपश्चिममा कुनै पनि अवार्ड कार्यक्रम नभएकोले सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि को आयोजनामा पहिलो पटक उक्त कार्यक्रम गर्न लागिएको बताए ।

देउडा, चौधरी राना गीतहरु मध्येबाट बजारमा आएका गीत सङ्गीतका सर्जक, कलाकार र प्राविधिकहरुले उक्त अवार्ड कार्यक्रममा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार विधाहरुमा चौधरी मौलिक गित, राना मौलिक गीत, देउडा मौलिक गीत, फिउजन देउडा, लोक देउडा, रहनेछन भने अडियो तर्फ गीतकार, संगीतकार, एरेन्ज, गायक गायिका रहनेछन् । त्यस्तै भिडियो तर्फ मोडल (पुरुष), मोडल (महिला), छायांकार, सम्पादक र निर्देशन रहने छ ।
अवार्ड प्रतिस्पर्धाको लागि आजबाट आवेदन फाराम खुल्ला गरीएको आयोजक सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि का अध्यक्ष ठकुरीले जानकारी दिए । उनले उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिने बताए । प्रतिस्पर्धीहरुले गीत–सङ्गीत क्षेत्रका ४० विधामा फारम भर्न पाउने छन् ।
फारम भर्नका लागि सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि हसनपुर धनगढी र भारतका लागि राम सिलाल म्युजिक सेन्टर पुनामा सम्पर्क गर्न सकिने छ । सुदुरपश्चिमका धेरैजसो देउडा कलाकार भारतमा भएकाले सबैलाई जानकारी र सजिलो होस भन्ने उद्देश्यले भारतको लागि पनि सम्पर्क स्थान राखेको अध्यक्ष ठकुरीले बताए । उनले भारतका लागि फारम दस्तुर अनलाइन मार्फत गुगल भुक्तानी गर्न सकिने छ भने राम सिलाल म्युजिक सेन्टर पुनामा राम सिलाल (७७४४८१७४४९) र रवि आउजी (८३२९२७८९११) लाई सम्पर्क गर्न सकिने जनाए ।
त्यस्तै सुपका लागि इन्टरटेन्मेन्ट हाउस प्रा.लि हसनपुर धनगढीमा ई-सेवा मार्फत फाराम दस्तुर तिर्न सकिने अध्यक्ष ठकुरीले जानकारी दिए । अवार्ड कार्यक्रमको मिति भने केहि दिनमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने उनले बताए ।














