
डडेल्धुरा – जङ्गली विषालु च्याउ खाँदा डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा हिजो (शुक्रवार) राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–७ बस्ने वर्ष ५० की राम दुलारी थारु रहेकी छिन । उनले शुक्रबार साँझ जङ्गली च्याउ खाएकी थिइन । च्याउ खाएर बिरामी परेकी राम दुलारीलाई डडेलधुरा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी बताएको छ ।

















