धनगढीका थप १ जनामा हैजा पुष्टि,बिरामीको सङ्ख्या ८ पुग्यो

Image
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा थप एक जनामा हैजा पुष्टि भएको छ।

धनगढी–१ पशुपति टोलका थप एक जनामा हैजा पुष्टि भएको हो। मंगलवार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी १२ वर्षीया बालिकामा आज हैजा देखिएको छ। यो सँगै धनगढीमा हैजाका बिरामीको संख्या ८ पुगेको छ।

nisarga

दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ। पानी उमालेर पिउन तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य कार्यालय कैलालीले सर्वसाधरणलाई अनुरोध गरेको छ।