गोदावरीमा मनाइयो स्वयंसेविका दिवस

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा स्वयंसेविका दिवस मनाइएको छ ।

अन्तर्राष्ट्रिय स्वयंसेविका दिवसको अवसर पारेर नगरभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई बिहीबार विशेष सम्मान सहित ३ जना स्वयंसेविकालाई बिदाइ समेत गरिएको छ।

nisarga

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउने ३९ जना स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको हो।

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार, नगरपालिकाले ३० वर्ष सेवा पूरा गरेका स्वयंसेविकालाई प्रत्येक वर्ष नगद ५० हजारसहित सम्मान गर्दै आएको छ।

यस वर्ष वडा नम्बर ८ की तुलसी चौधरी, वडा नम्बर ११ की भगवती देवी कुजेंडा, र वडा नम्बर ९ की उखाहरण देवी राना थारुलाई सम्मानस्वरूप नगद, प्रमाणपत्र र ५० हजारको चेक हस्तान्तरण गरिएको हो।

भने पालिका भित्र उत्कृष्ठ काम गरेका प्रत्येक वडाका ३ जना गरी ३६ जना महिला स्वयंसेविकालाई नगद सहित सम्मान गरेको हो ।

दिवसको अवसरमा र्यालीको आयोजना पनि गरिएको थियो।