
अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका ज्वाइँ समेत रहेेका सहयोगी उमेश जोशीलाई प्रहरीले खोजी गरिरहेको छ ।
बिहीबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत (उप-सचिव) धर्मानन्द जोशीमाथि कुटपिट गरेका मेयरका ज्वाइँ उमेशलाई प्रहरीले खोजी कार्य जारी राखेको हो ।

कार्यकक्षमै रहेका बेला सहयोगी उमेशले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कुटपिट गरेका थिए । कुटपिटपछि उमेश फरार छन् ।
प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई कार्यकक्षमै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उमेेश विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
किटानी जाहेरीपछि प्रहरीले उमेशको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले बताएका छन्।














