गोदावरीमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनको तयारी, सरोकारवालासंग छलफल

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको छ । वडा नम्बर ३ स्थित चौकिडाँडामा निर्माण सम्पन्न भएको फोहोरमैला व्यवस्थापन केन्द्रको तयारीस्वरुप सरोकारवालाहरुसंग छलफल गरिएको छ ।

निर्माण कम्पनीले नगरपालिकाको सहकार्यमा आज सरोकारवालाहरु संग छलफल गरेको हो । उक्त कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्टले फोहोरमैला व्यवस्थापनलाई दीगो र प्रभावकारी बनाउनेमा आफू प्रयासरत रहेको बताए । उक्त कार्यमा नगरबासीले पनि साथ दिनुपर्ने भन्दै उनले विकास जनप्रतिनिधिले मात्रै गरेर सम्भव नहुने बताए ।

nisarga

यद्यपी सबै जनप्रतिनिधिहरुले टोलटोलमा जनचेतना फैलाएर फोहोर व्यवस्थापन प्रभावकारी बनाउनु आवश्यक रहेको उनले बताए । उनले गोदावरी–३ मा अत्याधुनिक एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना प्रक्रिया अगाडि बढिरहेको जानकारी गराउँदै यसलाई प्रदेशमै नमुना बनाउन नगरपालिकाले तयारी गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले सरसफाइ र फोहोर व्यवस्थापनलाई गम्भीर चुनौतीको विषय बनेको बताए । फोहोरको वर्गीकरण आवश्यक रहेको भन्दै उनले नगरपालिकाले फोहोर फाल्नेहरूमाथि जरिवाना गर्ने र टोल विकास समितिलाई पनि त्यसको केही अंश छुट्याउने व्यवस्था गर्नसके सकरात्मक सन्देश जाने बताए । कार्यक्रममा ग्रिन सुदूरपश्चिम परामर्श तथा स्वच्छ वातावरण प्रा.लिका निर्देशक केशवराज पन्तले फोहोर जथाभावी फाल्ने र वर्गीकरण नहुँदा समस्या सिर्जना भइरहेको बताएका थिए ।