रोजगारी र सामाजिक सुरक्षासम्बन्धी प्रादेशिक परामर्श कार्यशाला सम्पन्न

Image
maya metro

अत्तरिया – धनगढीमा प्रादेशिक परामर्श कार्यशाला सम्पन्न भएको छ । मंगलबार युएन उमेनको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगकी उपाध्यक्ष डाक्टर जीवन राना प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरु, निति तथा योजना आयोगका प्रतिनिधिहरु, विभिन्न स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु, सम्बन्धित मन्त्रालयमा सचिव तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक सुरक्षासम्बन्धी सरोकारवाला निकायहरूका प्रतिनिधिहरू तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।

nisarga

कार्यक्रममा युन उमेनका कार्यक्रम संयोजक सन्तोष आर्चायले कार्यक्रमको उदेश्यबारे प्रष्ट पारेका थिए । उक्त कार्यशालामा न्यायपूर्ण रुपान्तरणका लागि रोजगारीको विस्तार, सामाजिक सुरक्षाको पहुँच, अनौपचारिक क्षेत्रका श्रमिकहरूको समावेशीकरण, र संघीय संरचनामा आधारित नीति निर्माणमा केन्द्रित रहि सुझाव दिएका थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि रानाले स्थानीय र प्रादेशिक तहमा सामाजिक सुरक्षा सुदृढीकरणका लागि नीति, कार्यक्रम र बजेटमा एकरूपता ल्याउनुपर्ने बताइन् । विशेषगरि युवाहरुलाई सिपमूलक कार्यक्रमहरुमा जोड्नु आवश्यक रहेको उनले बताइन् ।