भारतबाट चोरी भएका गरगहना सम्बन्धित धनीलाई फिर्ता

Image
maya metro

कञ्चनपुर – कञ्चनपुर प्रहरीले भारतबाट चोरी गरि ल्याएका ३८ लाख बढिका गरगहना बरामद गरि सम्बन्धीत धनीलाई फिर्ता गरेको छ ।

भारतको लुधियानाबाट चोरि गरि ल्याइएका ३८ लाख ८५ हजार भारतीय रुपैयाँ बराबरको गरगहना इलाका प्रहरी कार्यालय दोधाराचाँदनी र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा बरामद गरेको थियो ।

nisarga

गत असारमा बरामद गरिएका ती गरगहना बिहीबार गहना धनी लुधियानाको राजगुरु नगरका ३४ वर्षीय शाहील धावनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार बरामद गरिएका सुन र हिराका गरगहना सम्बन्धीत धनीलाई बुझाइएको हो ।