कञ्चनपुरमा दुई जना पक्राउ, १२ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद

Image
maya metro

धनगढी – कञ्चनपुरमा खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा र सडकमा हिँडिरहेको अवस्थामा आइतबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–११ स्थित ब्यारेल चेकपोस्टमा भारतबाट नेपाल आउँदै गरेका कैलालीको घोडाघोडी नगरपालिका–६ का २५ वर्षीय विक्रम मिजार पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको टोलीले शङ्का लागेर जाँच गर्दा उनको साथबाट ०.१६ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

nisarga

यसैगरी, भीमदत्त नगरपालिका–९ स्थित जिरो पोइन्टमा आइतबार साँझ एक किशोर पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।

दुवै जनालाई बरामद पदार्थसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।