
डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मत सिफारिश गरेको छ।
कांग्रेसको शुक्रबार बसेको जिल्ला समिति बैठकले देउवाको नाम सर्वसम्मत सिफारिश गरेको हो।

डडेल्धुरा देउवाको गृहजिल्ला हो। कांग्रेसकी केन्द्रीय सदस्य एवं देउवापत्नी डा आरजु राणा देउवाको पनि नाम डडेल्धुराबाट सिफारिश भएको छ।












