Attariya Hospital Pvt.Ltd.

चौलोले प्रख्यात रहेको बडाल जाँत आज सम्पन्न

padma
milan sunchadi

अत्तरिया – चौलोले प्रख्यात रहेको डडेल्धुराको प्रसिद्ध बडाल जाँत आज सम्पन्न भएको छ । डडेल्धुरा गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कात्तिक शुक्ल दशमीको दिन शुक्रबार राति (रतेडी) र दोस्रो आज दिन (दिउसेडी) सम्पन्न भएको हो।

चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेलिने गरिन्छ ।

मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ । मूल देवरो मालीगाँउबाट ल्याउने चलन रहेको छ । भने रुमायल, बडाल, कुजाकोट स्थानबाट देवरो आउने गर्दछ ।

Siddi ganesh

जाँतमा मन्दिरको पूजा र दर्शन गर्न छिमेकी जिल्लासहित कैलाली, कञ्चनपुर लगायत भारतबाट भक्तजनको घुँईचो लाग्ने गरेको छ ।

आज बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ । दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुनेगर्छ ।

मेलामा आफ्न्तहरुले भेटघाट गर्दै आफ्ना सुखदुःखका कुरा साटासाट हुनेगर्छ । मेलामा स्थानीय स्तरमा उत्पादित बस्तु र कृषि उपजको व्यापारसमेत हुने गर्दछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.