
काठमाडौं – देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहे पनि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।
















