Attariya Hospital Pvt.Ltd.

मालाखेतीमा शिशु सहित सुत्केरी मृत्यु प्रकरणःआफन्तले गरे पुर्वपश्चिम राजमार्ग अवरुद्ध

padma
milan sunchadi
plastik

अत्तरिया – कैलालीको मालाखेती अस्पतालमा शिशु सहित सुतकेरीको मृत्यु भएको छ । आज बिहान गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको अस्पतालमा सोहि नगरपालिका वडा नम्बर २ अत्तरिया बस्दै आएकी २८ बर्षिया लक्ष्मी भट्टराईको शिशु सहित मृत्यु भएको हो ।

चैत्र १८ गते सुत्केरीको मिति भएपनी बेथा नलागेपछी उनीहरु अस्पताल गएका थिएनन् । हिजो राती ११ बजे भट्टराईले केहि असहज महसुस गरेपछी आफन्त सहित उनी अस्पताल पुगेकी थिईन् । अस्पताल जाँदा स्वास्थ्यकर्मीले उनलाई सामान्य रहेको भनेका थिए । मृतककी बहिनि धर्मा भट्टराईले अस्पतालमा ल्याएर डाक्टरले ब्यथा लाग्ने औषधि राखेको बताईन् । डाक्टरहरुले नर्मल छ भन्दै मतलब नगरेकाले समयमै उपचार नहुँदा आफ्नो दिदिको मृत्यु भएको उनको भनाई छ ।

उनले भनीन् “दिदिलाई गाह्रो हुँदा समेत स्वास्थ्यकर्मीले जन्मदिन मनाउने लगायतका काम गरीरहेका थिए,मैले दिदिलाई गाह्रो भयो हेरीदिनुस भन्दा हामीलाई अहिले डिस्टर्ब नगर्नुहोस् भन्दै मलाई झपारे ।” हिजो राती सम्म बच्चा नर्मल छ भनेको भएपनी बिहन मृत बच्चा निकालेको उनले बताएकी छन् । बिहान ८ बजे सुत्केरीको मृत्यु भएको थियो । मृतकका आफन्त स्वास्थ्यकर्मीको लापरवाहिको कारण मृत्यु भएको भन्दै आन्दोलीत छन् । उनीहरुले ड्युटीमा भएका स्वास्थ्यकर्मीलाई कारबाहि हुनुपर्ने र मृतकका परिवारले उचित क्षतिपुर्ति पाउनुपर्ने माग गरीरहेका छन् ।

डडेल्धुरामा कार्यरत रहेका मृतकका श्रीमान पुगेपछी गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र,अस्पताmका प्रमुख डाक्टर नर बहादुर मौनी,मृतकका आफन्त ,प्रहरी प्रशाशन बिच वार्ता भईरहेपनी कुनै निष्कर्ष आएको छैन । स्थानियले अहिले पूर्वपश्चिम राजमार्ग समेत अबरुद्ध गरेका छन । मृतकका यसअघि पाँच वर्षीय छोरा छन् ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.