दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली

Image
maya metro

काठमाडौं – गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र अन्य पहाडी भूभागका १/२ स्थानमा मंगलबार मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ।

nisarga

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाले काठमाडौं उपत्यका लगायत देशका धेरै भूभागमा तुवाँलोको सम्भावना रहेको जनाएको छ। यसैगरी तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। ​

मंगलवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।

महाशाखाले हावाहुरी, चट्याङ, डढेलो र प्रदूषणबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।