देशभर आंशिकदेखि सामान्य बदली

Image
maya metro

काठमाडौं – देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशलगायत विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो । कोसी र मधेस प्रदेशमा भने आज बिहान वर्षाको सम्भावना छैन ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

nisarga

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।