डडेल्धुराबाट लागुऔषधसहित दुई जना पक्राउ

Image
maya metro

डडेल्धुरा – डडेल्धुराबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ का ३२ वर्षीय गणेश धामी लागुऔषधसहित पक्राउ परेका हुन्।

nisarga

आइतबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

धनगढीबाट अछाम जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। दुवै जनाबाट ८३० ग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।