डडेल्धुरा अस्पतालले माग्यो १५ जना चिकित्सक

Image
maya metro

डडेल्धुरा – डडेल्धुरा अस्पतालले १५ जना चिकित्सक मागेको छ। संघीय सरकार मातहतको अस्पतालले १५ जना चिकित्सक करारमा भर्ना गर्न आवेदन खोलेको हो।

अस्पतालले १२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पतालले मंगलवार सूचना सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालयबाट स्विकृत दरबन्दी रिक्त रहेको र अस्पताल विकास समितिको साउन २२ गतेको निर्णयअनुसार करार सेवामा चिकित्सक भर्ना गर्न आवेदन खोलिएको छ।

nisarga

इच्छुकलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ भने छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ। ०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ। उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्विकृत भएको थियो।

तर ४६ जनाको दरबन्दी रिक्त छ। स्विकृत दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो। अस्पतालले आइतवार मात्रै ९औं तहका बालरोग विशेषज्ञ डाक्टर डा। सन्तोष गुप्तालाई मेसुको रुपमा पाएको छ।