डडेल्धुराका निरजले जिते दक्षिण कोरियामा रजत पदक

Image
maya metro

डडेल्धुरा – डडेल्धुराका निरज देउवाले दक्षिण कोरियामा रजत पदक जितेका छन्।

देउवाले दक्षिण कोरियाको छुङछङनाम्दोमा आयोजना भएको ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ मा रजत पदक जितेका हुन्। उनले पुरुष ८७ केजी तौल समूहमा नेपाललाई रजत पदक दिलाएका हुन्।

nisarga

दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगितामा २२ देश सहभागी थिए। प्रतियोगितामा ताइवानले स्वर्ण जित्दा दक्षिण कोरियाले कस्य पदकमा चित्त बुझायो।

देउवाले यसअघि पनि दक्षण कोरिया, अजरबैजान, भारत, पाकिस्तानलगायत देशमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई विभिन्न पदक तथा पुरस्कार पाइसकेका छन्।

गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका उनी हाल सशस्त्र प्रहरी बल (एपीएफ) मा पनि कार्यरत छन्।