चुनौति बन्दै आफुखुसी बाल विवाह

Image
maya metro

अत्तरिया – यहि मंसिर १ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा अछामबाट एकजनाले फोन गरे । उनले अछामबाट १५ वर्षीय किशोर र १४ वर्षीय किशोरी घरबाट भागेर धनगढीतर्फको गाडिमा आएकोले अत्तरियामा रोकिदिन आग्रह गरे । ईलाका प्रहरी कार्यालय मालाखेतीको टोली त्यसै जानकारी अनुसार अत्तरिया बसपार्कमा खटियो र सम्भावित गाडिहरुमा जाँच गर्यो । नभन्दै फोन गर्ने व्यत्तिले दिएको हुलिया अनुसारका किशोर किशोरी अछामबाट अत्तरिया बसपार्क आईपुगेको बसमा फेला परे ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको कार्यालयमा ल्याईयो । सम्झाई बुझाई गरी दुवैलाई अभिभावकको जिम्मा लगाईयो । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बरालले भने “केहि समय राखेर सम्झाई बुझाई गर्दा दुवैजना राजी भएपछी आफन्तको जिम्मा लाएर पठाएउँ ।” बरालका अनुसार ९ र ८ कक्षामा पढ्दै गरेका उनीहरु भागेर भारत जाने र उतै बिहे गरेर संगै जीवन बिताउने भनेर अछामबाट निस्कीएका थिए ।

nisarga

कैलालीको गोदावरी नगरपालिकाका १७ वर्षीय किशोर र १६ वर्षीय किशोरी गत वैशाखमा बिहे गरेर भारत पसेकोले खोजीगरी दिन ईलाका प्रहरीमा आफन्तले निवेदन दिए । भारत पुगीसकेका उनीहरुलाई फर्काउन ईलाका प्रहरी कार्यालय मालाखेतीलाई सहज थिएन तर किशोर किशोरी दुवैका आफन्तले खोजी गरिदिन आग्रह गरेकोले प्रहरीले भारतमा रहेका दुवैका आफन्तसंग समन्वय गरी उनीहरुलाई नेपाल झिकायो । उनीहरुले छुट्टिन नमानेपछी अभिभावकले नै बिहे गरिदिए ।

अत्तरियाकै १८ वर्षीय किशोर किशोरी बेपत्ता भएको भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दर्ता भयो । सोहि अनुसार प्रहरीले उनीहरुलाई खोज्यो र अभिभावक बोलाएर सम्झाई बुझाई गरी जिम्मा लगायो । तर ति किशोर किशोरी फेरी भागेर गएपछी आफन्तले बाल बिवाहको मुद्धा दर्ता गरे । अहिले उत्त मुद्धा प्रक्रियामा रहेको बरालले बताए । यि केहि प्रतिनिधी घटनामात्रै हुन् ।

आफुखुसी बालबिवाह प्रहरीकालागि चुनौति नै बनेको छ । उमेर नपुगेका किशारकिशोरीहरु आफुखुसी भाग्ने गरेकाले यो विषय चुनौति बनेको हो । बरालका अनुसार गत आर्थीक वर्षमा भागेर गएकोले खोजी गरिदिन भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा ३२ ओटा निवेदन दर्ता भएका थिए । चालु आर्थीक वर्षको चार महिनामामात्रै १५ ओटा निवेदन दर्ता भएका छन् ।

कतिपय किशोर किशोरीहरुले सम्झाउँदा पनि नमान्दा समस्या पर्ने गरेको बरालको भनाई छ । मिलेमतोमा विवाह गरि घरबाट भागेपछि बुवाआमाले प्रहरीमा मेरो छोरा छोरी हरायो भनि हुलिया सहितको निवेदन दिने गरेका छन् । त्यहि निवेदनको आधारमा खोजतलास गरि फेला पार्दा विवाह गरी भागेको खुल्न आउने भएकाले बाल विवाह गर्नेको संख्या बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

हराएको भनि परेको निवेदनको आधारमा खोजतलास गरि फेला पार्दा विवाह गरेको खुलेकालाई बदर गरि बालबालिका अभिभावको जिम्मा लगाई पठाउने गरिएको उनले बताए । सात आठ कक्षा पढ्दै गरेका किशोरीहरु आफुखुसी भाग्ने समस्याले आफु हैरान भएको दुर्गा मा वि हाटखोलीका प्रधानाध्यापक कर्ण बहादुर साँउद बताउँछन् ।

“विद्यालयकालागि मुख्य समस्या अहिले त्यहि भएको छ साँउदले भने तेह्र चौध वर्षका किशोर किशोरीहरु आफुखुसी भागेर बिहे गर्छन्,आफ्नै मनमर्जीले भागेर बिहे गरेपछी अरु कसैले छुटाउन सक्ने कुरा पनि हुँदैन ।” आफुले समयसमयमा अभिभावक भेला राखेर पनि यस विषयमा छलफल गर्ने गरेको उनले बताए ।

“चार वर्षअघि सात कक्षामा पढ्दै गरेका दुई किशोरीले आफुखुसी भागेर बिहे गरे । किशोर किशोरी दुवैपक्षका अभिभावकलाई बोलाएर दुवै किशारीहरुलाई नियमित अध्यापनकालागि वातावरण मिलाए उनले भने ।” समाजमा प्रविधीको दुरुपयोग र पढाईप्रति बालबालिकाको चासो घट्दै जानुले पनि यस्ता दिनप्रतिदिन बढ्न थालेको उनको भनाई छ । गोदावरीकै एक वद्यालयमा कक्षा ७ पढ्दै गरेकी किशोरी र कक्षा ९ मा पढ्दै गरेका किशोरले बिहे गरे ।

तर उनीहरु बिहेपछी पनि विद्यालय नियमित आईरहेका त्यस विद्यालयका प्रधानाध्यापकले बताए । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।

शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ मा विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको छ । उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा बढीमा तीन बर्षसम्म कैद र तीस हजार रुपैयासम्म जरीवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।