अत्तरिया – हावाहुरी सहितको निरन्तर वर्षाले कैलालीको गोदावरी-१ मा रहेको अत्तरिया आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति पुर्याएको छ ।
बुधबार राती देखी आएको हावाहुरी सहितको निरन्तर वर्षाले आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको छानो उडाएको हो ।
गएराती छानो उडाएपछी स्वास्थ्य उपकरणहरुसहित औषधी,कागजातमा पानीले क्षति गरेको गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष गोपालदत्त भट्टले बताएका छन् ।
अहिले छानोमा त्रिपाल हालीएको र थप के गर्ने भन्नेबारे वर्षा रोकिएपछी छलफल गरिने उनले बताएका छन् ।