गेटामा तत्काल तीन सय सैयाको अस्पताल सञ्चालनको माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ज्ञापन-पत्र
अत्तरिया – कैलालीको गेटामा तत्काल तीन सय सैयाको अस्पताल सञ्चालनको माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ज्ञापन-पत्र बुझाईएको छ ।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्गघर्ष समितिले आज ज्ञापन-पत्र बुझाएको हो ।
छ सय सैयाको अस्पताल क्षमता भएपनि ५० सैयामात्र विना पूर्वाधार सञ्चालनमा रहेकोको हुँदा तत्काल तीन सय सैयाको अस्पताल सञ्चालन गरी यथाशिघ्र पुर्णकालिन छ सय सैयाको अस्पताल सञ्चालनको माग गर्नुपर्ने समितिले माग गरेको छ ।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विद्येयक पारित गर्न पनि समितिले माग गरेको छ ।