सेती प्रादेशिक अस्पतालमा अब जलनको निशुल्क उपचार

Image
maya metro

काठमाडौं – सरकारले सातै प्रदेशमा जलनको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कस्मेटिक बाहेकका सम्पूर्ण जलनको उपचार सातै प्रदेशमा निशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

nisarga

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्‌मा स्वीकृतिका निम्ति पेस गरेको थियो।

अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछन्।