बेहोस हुने इन्जेक्सन लगाउदा डोटीमा ९ वर्षीया बालिकाको मृत्यु

Image

डोटी – डोटीमा बेहोस हुने इन्जेक्सन लगाउदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्लाको दिपालयल–सिलगढी नगरपालिका-३ माझिटोल बस्ने लोकेन्द्र भुलको ९ वर्षीया छोरी रजनी भुलको मृत्युु भएको हो।

बालिकाको लडेर हात भाचिएपछि अप्रेसन गर्दा बेहोस हुने इन्जेक्सन लगाउदा सुजङ्ग अस्पताल राजपुर डोटीमा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ।