धनगढी – कैलालीका एक युवकको रेबिज लागेर मृत्यु भएको छ । मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमका अनुसार ती युवकलाई चार महिनाअघि भारतमा कुकुरले टोकेको थियो
रेबिजको लक्षण देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
उनको उपचारकै क्रममा मृत्यु भएको हो । भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए ।