अत्तरिया – विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ ।
विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गरिएकोे हो । यसै बमोजिम कैलालीको गोदावरी नगरपालिकाले पनि विभिन्न विद्यालयमा खोप केन्द्रहरु तोकेको छ ।
गोदावरी नगरपालिकाका ६ हजार ६ सय ६४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने छ । नगरपालिकाको स्वास्थ्य शाखाले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन समेत गरेको छ ।
६३ वटा विद्यालय र १८ वटा स्वास्थ्यसंस्थासहित ८१ ठाँउमा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानलाई सफल पार्न ११७ स्वास्थ्यकर्मी,१०६ जना स्वयंसेविका,१८२ जना स्ययंसेवक खटिने स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए ।
खोप अभियानको पहिलो दिन गोदावरीका विभिन्न विद्यालयमा यसरी लगाइँदै छ खोप (तस्विरहरु)