अत्तरिया – देशैभर सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानको पहिलो दिन आज कैलालीको गोदावरी नगरपालिकाका छ सय किशोरीलाई खोप दिइएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले अभियानको पहिलो दिन आज पालिकाका १८ वटा खोप केन्द्र मार्फत छ सय किशोरीलाई खोप दिइएको बताए ।
अभियान अवधिभर ६ हजार ६ सय ६४ किशोरीलाई एचपिभी खोप लगाईने नगरपालिकाले जनाएको छ ।