
स्वास्थ्य कार्यालय कैलालीले गोदावरी नगरपालिकालाई सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान (स्क्रिनिङ) गर्नका लागि अत्याधुनिक स्क्रिनिङ मेसिन हस्तान्तरण गरेको छ। करिब ८ लाख ८९ हजार रुपैयाँ मूल्यको सो मेसिनसँगै डेङ्गु परीक्षण किटसमेत नगरलाई उपलब्ध गराइएको हो।
स्वास्थ्य कार्यालयका प्रतिनिधिबाट औपचारिक कार्यक्रमकाबीच मेसिन गोदावरी नगर प्रमुख विरेन्द्र भट्टलाई हस्तान्तरण गरिएको हो।

यो मेसिनबाट राना, थारु, चौधरी समुदायमा बढी देखिने रोगहरूको पहिचान र समयमै उपचार गर्न सजिलो हुने नगर प्रमुख भट्टले बताएका छन ।















